बसले हाइटेन्सन लाइन छुँदा आगलागीः ६ जनाको मृत्यु, ३६ घाइते

भारतको राजस्थानस्थित जालोरमा एक बसले हाइटेन्सन छुँदा आगलागी भएर जलेको छ ।

शनिबार राति ११ बजेको समयमा भएको उक्त घटनामा ६ जना ज्यूँदै जलेर मरेका छन् । ३६ जनालाई जलेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको छ ।

११ हजार भोल्टको हाइटेन्सन लाइनको चपेटामा आएर बस जलेको हो । घाइतेहरुको जालोर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीरलाई जोधपुर रिफर गरिएको छ । सबै जैन धर्माबलम्बी हुन् ।

उनीहरु नाकोडा तीर्थ दर्शन गरी अजमेर र ब्यावर फर्कदै थिए । ज्यान गुमाउनेहरु ड्राइभर, कन्डक्टरसँगै तीन जना महिला हुन् ।

अन्य सम्बन्धित समाचार:  बम राखिएको हल्लापछि ताजमहल बन्द