काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज (आइतबार) विभिन्न कार्यक्रम गर्दैछ। प्रचण्ड-नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ। त्यसको तयारी स्वरुप आइतबारपनि देशैभर विभिन्न बैठक तथा कार्यक्रमहरु आयोजना गरेको हो।
प्रचण्ड–नेपाल समूहको नेकपाले आइतबार नै काठमाडौंका विद्यार्थी संगठन र युवाको बैठक तथा भेला आयोजना गर्दैछ।
तिनकुनेस्थित एक बैंक्वेट र प्रज्ञा भवन कमलादीमा हुने दुवै बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।