काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता तेस्रो खेलमा बागमतीले पुलिसविरुद्ध पहिला बलिङ गर्दैछ।
टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । बागमतीले विपिन आचार्य, गौतम केसी र विभत्सु थापालाई बेन्चमा राखेको छ।
पुलिसले दीलिप नाथ, योगेन्द्रसिंह कार्की र प्रेम तामाङलाई बेन्चमा राखेको छ। दुबै टोली पहिलो खेल खेल्दैछन्।