बर्गर खान १६० किमी यात्रा गर्ने युवतीमाथि ३२ हजार जरिवाना

काठमाडौं । मानिस आफ्नो स्वार्थको लागि अनेक गर्नसक्छ भन्ने कुरा बेलायतमा एकजना युवतीले प्रमाणित गरेकी छिन्।

बर्गर खानका लागि ती युवतीले स्कुटीमा चढेर १ सय ६० किलोमिटर यात्रा गरेकी थिइन् । त्यो समयमा भने कोरोना भाइरसका कारण त्यहाँ लकडाउन गरिएको थियो र मानिसहरूलाई घर बाहिर निस्किन बन्देज थियो। तर नियम उल्लंघन गरेर त्यति लामो यात्रा गरेका कारण उनीमाथि प्रहरीले जरिवाना गरेको हो।

ती युवतीले नियमको पालना नगरेकाले २ सय पाउण्ड स्टर्लिङ्ग अर्थात् झण्डै ३२ हजार रुपैयाँ बराबरको रकम जरिवाना तिर्नु परेको जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  वैज्ञानिकले पत्ता लगाए टिबी रोगको नयाँ औषधि