संसद् मासेको–हत्या गरेको होइन: शङ्कर पोखरेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संसद् विघटन नयाँ युगतर्फको यात्राका लागि भएको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले संसद्को हत्या गरेको नभई नयाँ संसद्को खोजी भएको बताएका हुन्।

नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम नयाँ जनादेशका लागि भएको बताएका छन्।

उनले लेखेका छन्, “प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो।”

 

अन्य सम्बन्धित समाचार:  सरकार बनाउने खेलतिर लाग्नु विडम्बना !: बाबुराम