काठमाडाैं उपत्यकाका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु

काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांस विद्यालयमा आईतबार देखि  भौतिक उपस्थितीमै पढाइ सुरु भएको छ। कोरोना भाइरसको जोखिम कम भएकाे र स्थानिय तहहरुले पढाइको अनुमति दिएसंगै विद्यालयहरु ले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन्।

काठमाडाैं जिल्लामा धेरैजसो पालिकाहरु ले विद्यालय खोल्न अनुमति दिएका छन्। यस्तै ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन्।

उपत्यकाका ललितपुर महानगरपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए। काठमाण्डौ महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आइतबार छलफल गर्दैछ।

काठमाडाैं मा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ। सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो।

भौतिक उपस्थितीमै कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । 

अन्य सम्बन्धित समाचार:  शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरूवा हुन पाउने