मृत्युको प्रमाणपत्रका लागि लाश लिएर बीमा कम्पनीको अफिसमा पुगे आफन्तजन

माेटरसाइकल

काठमाडौं । हामीले जीवनमा केहि सजोलो होला भनेर जीवन बमा गर्ने गरेका हुन्छौं । तर कुनै ठाँउमा जीवन बीमाको दाबी भुक्तानी माग गर्न जाँदा बीमा कम्पनीले अनेक खालका झण्झट गर्ने गरेको पाईन्छ।

त्यस्तै दक्षिण अफ्रिकामा पनि हालै यस्तै एउटा घटना घटेको छ। आफन्त जीवन बीमाको दाबी भुक्तानी माग्न जाँदा बीमा कम्पनीले मृत्युको प्रमाणपत्र माग गरेपछि मृतकका आफन्तले विमितको लास नै बोकेर बीमा कम्पनीको कार्यालय पुगेका छन्।

४६ वर्षका सिफिसो जस्टिस म्हेल्गोको मृत्यु गत ७ नोभेम्बरमा भएको थियो। ती व्यक्तीले आफ्नो जीवन बीमा गरेका थिए। त्यसैले उनको मृत्युपछि उनका परिवारजन बीमा दाबी भुक्तानी माग गर्दै बीमा कम्पनीको अफिसमा पुगेका थिए। तर बीमा कम्पनीचाहिँ मृत्यु भएको ठहर गर्न मानेन। बीमा कम्पनीका कर्मचारीले उनको मृत्यु भएको प्रमाण पेश गर्न निवेदकलाई अनुराेध गरे।

अन्य सम्बन्धित समाचार:  जापानसँग वार्ताका लागि दक्षिण कोरिया तयार

त्यसपछि मृतक सिफिसोका परिवारजन उनको मृत्युको प्रमाणको रुपमा उनकै लाश बोकेर बीमा कम्पनीको कार्यालयमा पुगेका जनाइएको छ।