रौतहट। अत्याधिक चिसो बढेपछि रौतहटको गरुडा नगरपालिकाका सबै सामूदायिक विद्यालय ३ दिनका लागि बन्द गरिएको छ। गरुडा नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै अत्यधिक चिसोको कारण बालबालिकामा कोभिड–१९ को थप जोखिम बढेकाले आइतबारदेखि माघ ६ गतेसम्म सबै सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिएको हो।
लगातार एकसाता देखिको शीतलहरको कारण रौतहटका साथै बारा, पर्सा, सर्लाही लगायत तराईको जनजीवन प्रभावित बनेको छ।
सरकारी कार्यालयहरुमा सेवाग्राहीको संख्या न्युन देखिएको छ भने बजारहरुमा पनि चहलपहल घटेको छ।