मिडियाको सेटिङ सबभन्दा खतरनाक: डा. बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले देशमा प्रतिगमनका लागि सबैतिर ‘सेटिङ’ भइरहेको बताएका छन्। आइतबार भट्टराईले सामाजिक सञ्जालमा ट्वीटरमा यस्तो बेला मिडियाको सेटिङ सबैभन्दा खतरनाक हुने बताएका हुन्।

‘प्रतिगमननिम्ति सबैतिर सेटिङ भइरहेका बेला मिडियाको सेटिङ सबभन्दा खतरनाक हुन सक्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले लेखेका छन्, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र इ.हाम्रो संविधानका आधारतत्व र तिनका प्रमुख वाहक जनयुद्ध, मधेस विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलनलाई सत्तोसराप गर्ने र टीआरसी पूरा हुन नदिने को हुन् चिनौं।’

 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीद्धारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास