काठमाडौँ। नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्यमा ७ सय रुपैयाले गिरावट आएको हो।
छापावाला सुनको आइतबार प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजार ५ सयमा कारोबार भएको थियो।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम भएको छ।
त्यसैगरी आइतबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाले घटेको छ। चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।