इन्डोनेसियामा ज्वालामुखी विस्फोट

काठमाडौं । इन्डोनेसियाको माउन्ट सेमरुमा भएको ज्वालामुखी विस्फोट भएको बीबीसीले जनाएको छ। बीबीसीका अनुसार उक्त ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको हो।

त्यहाँको समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको जनाइएको छ। ज्वालामुखीबाट कोही घाइते भएका वा मृत्यु भएको भने केही खुलेको छैन्। 

अन्य सम्बन्धित समाचार:  जर्मनीमा लकडाउनको समय फेरि थप