भारतमा कोरोना बिरुद्धको खोप लगाएका ५२ जनामा नकारात्मक असर

काठमाडौं । भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा नकारात्मक असर देखिएको छ । दुईजना स्वास्थ्यकर्मीलाई कोरोना खोप लगाएको केही घण्टामै एलर्जीको समस्या देखिएको भारतीय सञ्चार संस्था हिन्दुस्तान टाईम्सले जनाएको छ । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

नयाँ दिल्लीका ११ जिल्लाका ८ हजार ११७ जनालाई पहिलो दिन खोप लगाइएको थियो । जसमा ५२ जनालाई खोपको साइडइफेक्ट देखिएको हो ।

पश्चिम बंगाल, तेलंगना, राजस्थानलगायतका स्थानमा पनि कोरोना खोप लगाएपछि साइडइफेक्ट देखिएको थियो । उनलाई उपचार गर्न एक मेडिकल कलेजमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

स्वास्थ्य विभागका अनुसार पश्चिम बंगालमा करिब १५ हजार ७०७ स्वास्थ्यकर्मीलाई खोप दिइएको थियो । तीमध्ये एक जनाको स्वास्थ्य बढी खराब भएको थियो ।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस