आगामी निर्वाचनका विषयमा सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आईतबार सर्वदलीय छलफल बोलाएको छ ।

आगामी निर्वाचनका विषयमा दलहरुसँग छलफल दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएकाे आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आउँदो माघ १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।
सर्वोच्चमा प्रतिनिधिसभा विघटनन सम्बन्धि मुद्धा विचाराधीन भएपनि निर्वाचन आयोग भने निर्वाचनको तयारीमा जुटिरहेको छ ।

 

अन्य सम्बन्धित समाचार:  पक्राउ गरिएका नेताकार्यकर्ता रिहा गर्न गृहको निर्देशन