पीएम कपः पुलिस १११ रनमै अलआउट

काठमाडाैं। चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब १११ रनमै अलआउट भएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस २९.३ ओभरको खेलमा १११ रनमै अलआउट भएको हो । याे संगै बाग्मतिले  ११२ रनकाे लक्ष्य पाएकाे छ।
पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए।

यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे। बाँकी खेलाडीले दाहोरो अंकमा रन छुन सकेनन्। पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४–४ विकेट लिए।

तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए। नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  प्रिमियर लिगः लिभरपुललाई हराउँदै चेल्सी चौथो स्थानमा

साविक विजेता समेत रहेको पुलिसको यो लज्जास्पद ब्याटिङ हो।