म्याग्दी । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका ४६ वर्षीय ओमबहादुर फगामीलाई अवैध भरुवा बन्दुक सहित शनिबार साँझ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताएका छन्।
‘उनको साथबाट भरुवा बन्दुकको साथै एक हजार ३८० ग्राम बारुद, काँटी सहितको १ थान सलाई, खैनीको डिब्बा भित्र केपहरु, तीन वटा फलामको रड बरामद गरिएको पौडेलले जानकारी दिएका छन्।
फगामीको घरबाट बरामद भएको बन्दुकको लाइसेन्स नभएकाले प्रहरीले जनाएको छ। फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाएका छा फगामीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी पठाएको पौडेलले जनाएका छन्।