प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज आइतबार पुनः सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतको गत शुक्रबारको आदेशअनुसार आइतबारदेखि प्रतिनिधिसभा विघटनको निवेदनमाथि निरन्तर सुनुवाइ हुँदै छ।

रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन्। सुरुमा निवेदक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दै छन्। त्यसपछि सरकारी पक्षले निर्णयको प्रतिरक्षा गर्नेछ। अनि मुद्दा हाल्ने निवेदकहरूका तर्फबाट फेरि जवाफ दिइनेछ।

अदालतका सहयोगीहरूले पनि यही क्रममा आफ्नो राय दिनेछन्। इजलासले निश्चित समय तोकेर दुवै पक्षका कानुन व्यवसायीहरूलाई बहसनोट पेस गर्न आदेश दिन सक्छ । त्यसपछि निश्चित अवधि राखेर इजलासले प्रतिनिधिसभा विघटन संविधानसम्मत थियो वा थिएन भन्ने निर्णय सुनाउनेछ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधिसभा बैठक फागुन २६ गतेसम्मका लागि स्थगित