नेपालसहित पाँच मुलुकबाट घरेलु कामदार लैजान कुवेतकाे अनुमति

काठमाडाैै। कुवेतले नेपालसहित पाँच मुलुकबाट घरेलु कामदार लैजान उडानको अनुमति दिएको छ। श्रीलंकाले जनवरी २८ तारिखमा पहिलो उडानबाट त्यहाँ घरेलु कामदार पठाउने भएको छ। दोश्रो उडानका लागि बंगलादेश र नेपालको नाम छनोट भएको छ। तर नेपालले श्रम स्वकिृति रोकेका कारण उक्त मितिमा बंगलादेशबाट मात्रै घरेलु कामदार कुवेत जाने भएका छन्।

कुवेतले नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट नयाँ घरेलु कामदार लैजान अनुमति दिएको हो। घरेलु कामदार लैजाँदा ट्रान्जिट हुँदै जानु पर्दा समस्या भएपछि कुवेतले नेपालसहित पाँच मुलुकबाट सिधा उडानको अनुमति समेत दिएको छ। कुवेतमा घरेलु कामदारको माग उच्च रहेको छ। तर एक वर्षयता घरेलु कामदारको भिसा जारी गरिएको थिएन।

अन्य सम्बन्धित समाचार:  कोरियामा काम गर्ने नेपालीलाई कम्पनी परिवर्तन गर्न सहज हुँदै

कतिपयले असुरक्षित भनेपनि कुवेत नेपाली महिलाहरुको लागि आकर्षक गन्तव्यका रुपमा रहेको छ। वैधानिकरुपमा जाने गन्तव्य मुलुक नै कुवेत हो।  कुवेतमा उद्योग र घरेलु कामदारका रूपमा नेपाली महिलाहरू जाने गरेका  थिए। नेपाल सरकारले  विगत चार वर्ष अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाउँदा श्रम सम्झौता गरेर मात्र उनीहरू पठाउने बताएको थियो।