आईपीओ निष्कासन गर्ने सूचीमा आठवटा बीमा कम्पनीहरू

काठमाडाैं। आठवटा बीमा कम्पनीहरूले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने गृहकार्य थालकाे छन्। सिटिजन लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, सानिमा लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ५ अर्ब ५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएका हुन्।

नयाँ जीवन बीमा कम्पनीहरूमा रिलायन्स लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेका छन्। रिलायन्स लाइफले ६३ करोड रुपैयाँ र प्रभु लाइफले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेका हुन्। उक्त शेयर अहिले दोस्रो बजारमा कारोबार समेत भइरहेका छ।

आईपीओ निष्कासन गर्न बाँकी रहेका आठ कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्कासन गर्नेछन्।आइपिओ निष्कासनका लागि ज्योति लाइफ नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ भने अन्य केहीले बिक्री प्रबन्धक नियुक्त गरी रेटिङ्गको काम सम्पन्न गरिसकेका छन्। बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्नका लागि चालू आर्थिक वर्षमा यी कम्पनीहरूले आईपिओ जारी गर्नुपर्ने बाध्यता छ।

अन्य सम्बन्धित समाचार:  आन्तरिक राजस्वतर्फ कोरोनाको असर : राजस्व संकलन ९ अर्ब ७२ करोडले घट्यो