गेष्ट हाउसका कर्मचारी काउन्टरमै मृत फेला

माेटरसाइकल

काठमाडौं। काठमाडौंको एक गेष्ट हाउसका कर्मचारी मृत फेला परेका छन्। सोमबार बिहान टोखा नगरपालिका-९ दिपज्योतिस्थित सफर गेष्ट हाउसको काउन्टरमा कार्यरत सिन्धुपाल्चोक घर भएका आन्दाजी ४० वर्षीय राज कार्की मृत भेटिएका हुन्।

गेष्ट हाउसका अन्य कर्मचारीले बिहान ५ बजे काउन्टरमै कार्की मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै प्रहरीको टोली घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशन खड्काले बताए। उनका अनुसार घटना शंकास्पद छैन।

उनको शव पोष्टमार्टम गर्न महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ। थप विवरण पोष्टमार्टमपछि आउने उनले बताए।

अन्य सम्बन्धित समाचार:  २२ तोला सुनसहित एक जना पक्राउ