काठमाडौँ। एटीएम फुटाउँदै गरेको अवस्थामा काठमाडौंबाट एक युवक पक्राउ परेका छन्। नागार्जुन नगरपालिका २ ठुलोभर्याङस्थित एनआईसी एसिया बैंकको एटीएम फोडेर चोरी गर्न लागेको अवस्थामा बैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाई प्रहरीले आइतबार राति नै पक्राउ गरेको थियो। यसमा संलग्न उनका अर्का साथी फरार रहेका र खोजी भइरहेकाे प्रहरीले जनाएको छ।