सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौं। काठमाडौं रवि भवनस्थित सोल्टी अपार्टमेन्टमा आगलागी भएको छ। सोमबार दिउँसो अपार्टमेन्टमा आगलागी भएपछि प्रहरी, दमकल लगायतको टोली पुगेर नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तर, आगो नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

अपार्टमेन्टमा रहेकाहरूको उद्धारकार्य जारी राखिएको प्रहरीले जनाएको छ।

घटनाको थप विवरण आउन बाँकी छ।

 

अन्य सम्बन्धित समाचार:  गलत औषधिले माछा मरेको भन्दै क्षतिपूर्ति माग