राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौं। राजस्व छली गरेको आरोपमा बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

उनले सुलभ ट्रेड कन्सर्नमार्फत वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली बिक्री बीजक बनाएर २०६८ सालदेखि २०७५ सालसम्म राजस्व छलेको विभागले जनाएको छ।

अमिरी ठाकुरले दुई करोड १५ लाख ८८ हजार भ्याट र चार करोड ३६ लाख २५ हजार रुपैयाँ आयकर छलेको विभागले जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  छोरा जन्मेपछि बलात्कार आरोपित पक्राउ