पीएम कप: गण्डकीद्वारा १ नम्बर प्रदेश २ विकेटले पराजित

पीएम कप

काठमाडौं। प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले प्रदेश १ लाई पराजित गरेको छ। आज भएको खेलमा मुलपानी क्रिकेट मैदानमा प्रदेश १ लाई २ विकेटले पराजित गर्दै गण्डकीले पहिलो जित निकालेको हो।

प्रदेश-१ ले दिएको १ सय ३ रनको लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो। गण्डकीको जितमा अर्जुन कुमाल र दिपक डुम्रेले समान ३५/३५ रन तथा अविशेक थापाले अविजित १३ रन बनाए।

बलिङतर्फ प्रदेश-१ का मिनास थापा र शुभांकर उरावले समान २-२ विकेट लिए।

सम्बन्धित समाचार
पीएम कप: वाग्मतीले सुदूरपश्चिमलाई दियो ३ सय रनको लक्ष्य

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २७ ओभर ४ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो। प्रदेश-१ का कप्तान सिद्धान्त लोहनीले २४ रन तथा मिनास थापाले २२ रन बनाए। यस्तै शुभांकर उरावले १२, दिपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए।

अन्य सम्बन्धित समाचार:  तेस्रो टेस्टमा भारतको जित

बलिङतर्फ गण्डकीका विशाल पौडेलले ह्याट्रिकसहित ४ विकेट लिए। यस्तै सुवास भण्डारीले ४ र विपिन खत्रीले २ विकेट लिए।

जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ खेलमा २ अंक जोडेको छ।