काठमाडौं। बैंक अफ काठमाडाैंको १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट लगानीकर्तालाई दिएकाे १३% बोनस सेयर दाेश्राे बजारमा सूचीकृत भएको हो। हाल बैंक अफ काठमाडाैंको चुक्ता पुँजी ८ अर्ब ५४ करोड ६८ लाख ८७ हजार रुपैयाँ रहेको छ। बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ९१ करोड ४५ लाख ८२ हजार ६३६ पुगेको छ।