संसद् विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सकियो

प्रतिनिधिसभा

काठमाडौं। संसद् विघटनविरुद्धका मुद्दामा दोस्रो दिनको सुनुवाइ सकिएको छ। संसद् पुनर्स्थापना गरिपाउँ भनि दिएको रिटमाथि सोमबार पनि संवैधानिक इजालसमा सुनुवाइ भएको हो।

सुनुवाइमा निवेदकका तर्फबाट दुई कानुन व्यवसायीले मात्रै सहभागिता जनाएका थिए। सोमबारको संवैधानिक इजलासको बहसमा दिनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले मात्रै सहभागिता जनाएका थिए।

सम्बन्धित समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः अर्काे सुनुवाइ सोमबार
प्रतिनिधिसभा विघटन मुद्दाः आज पनि सुनुवाइ निरन्तर

न्यायाधीश अनिलकुमार सिन्हाले ३६४ कानुन व्यवसायी रहेकाले छोटो बहस गर्नुपर्ने सुझाव दिएका थिए। कानुन व्यवसायीहरूले लामो समय लिँदा मुद्दामा बहस लम्बिने देखिएको छ।

पुस ५ गते संसद् विघटन भएको थियो। त्यसविरुद्ध १३ रिट निवेदन परेका छन्। उक्त मुद्दाको निरन्तर सुनुवाई मंगलबार पनि जारी रहने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोश्रो चरणको अभियान शुरु