हङकङकाे बेरोजगारी दर १६ वर्ष यताकै उच्च

एजेन्सी। हङकङकाे बेरोजगारी दर १६ वर्ष यताकै उच्च रहेकाे पाईएकाे छ। विश्वव्यापी वित्तीय केन्द्रको हवकाे रुपमा रहेकाे हङकङ अझैपनि महामारीसँग जुझिरहेको त्यहाँका वित्तीय सेक्रेटरीले बताएका छन्।

हङकङको अर्थतन्त्र कोभिड–१९ संकटबाट सुधार हुदै बढ्न थालेको भएपनि श्रम बजार अझैपनि व्यापक दबाबमा रहेको वित्त सेक्रेटरी पाउल चान मो पोले बताएका छन्, “गत वर्षको अन्तिम त्रैमासमा शहरको बेरोजगार मानिसको संख्या १६ वर्षकै उच्च पुगेको हुन सक्छ।”

अन्तिम त्रैमासको आधिकारिक तथ्यांक मंगलबार सार्वजनिक गरिने तय भएको छ। तेस्रो त्रैमासमा पनि हङकङको बेरोजगारी दर झन्डै १६ वर्षकै उच्च थियो। यो अघिल्लो त्रैमासको ६.१ प्रतिशतबाट बढेर ६.४ प्रतिशतमा पुगेको थियो।श्रम बजारलाई सहयोग गर्ने लगायतका कार्यक्रमका बावजुद रोजगारी दरमा गिरावट आएको चानले बताए। गत वर्षको दंगाले रोजगारी क्षेत्रमा अभैmपनि असर छोडिरहेको उनको टिप्पणी छ।

अन्य सम्बन्धित समाचार:  पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु