काठमाडौं। बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी नियुक्त भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार रेग्मीलाई राजदूत नियुक्त गरेकी हुन्।
राष्ट्रपति कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी रेग्मीलाई राजदूतमा नियुक्त गरिएको जानकारी दिएको छ।
रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएका थिए। सोही दिन उनलाई मन्त्रिपरिषद बैठकले राजदूत सिफारिस गरेको थियो ।