नेप्से १७.३१ प्रतिशतले बढ्याे

काठमाडौं। हरेक दिन नयाँ रेकर्ड कायम गर्दै सेयर बजार परिसूचक निरन्तर उकालाे लागिरहेकाे छ। साेमबार सेयर बजार परिसूचक नेप्से १७.३१ प्रतिशतले बढ्दा २३३२.३२ अंकमा पुगेर बन्द भएकाे छ। यससँगै नेप्सेमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ।

प्रि ओपन सेसनमा २३३३.८८ अंकमा खुलेको नेप्से  ‘इन्ट्रा डे’ कारोबारमा ( एक कारोबार दिन) २३४०.९८ अंकको माथिल्लो बिन्दु र २३१८.८८ अंकको तल्लो बिन्दु कायम गरेको थियो। नेप्सेले आज कायम गरेको माथिल्लो बिन्दु इन्ट्रा डे कारोबारको अहिलसम्मकै उच्च बिन्दु हो। यसअघि हिजाे आइतबार ‘इन्ट्रा डे’ कारोबारमा २३१८.६६ अंकसम्म पुगेको थियो।

आज नेप्सेमा हाइड्रोपावर बाहेक सबै समुहका सूचकहरु सकारात्मक भए। व्यापार समुहको सूचक सवार्धिक ६.५८ प्रतिशत र होटल समुहको सूचक ५.८२ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ सूचक ०.१६ प्रतिशत र अन्य सूचक ०.६२ प्रतिशतले वृद्धि हुँदा लघुवित्तको सूचक २.६८ प्रपितशत र म्युचुअल फन्ड, वित्त कम्पनी र विकास बैंकको सूचक पनि २ प्रतिशत माथिले बढेको छ।

अन्य सम्बन्धित समाचार:  प्रतिनिधि सभाः हिउँदे अधिवेशन आइतबार सुरु हुँदै

आज कारोबारमा आएका मध्ये १७ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा प्रभु लाइफ, कामना सेवा विकास बैंक, गोखार्ज फाइनान्स, हाइड्रो इलेक्ट्रसीटी एन्ड डेभलमेन्ट कम्पनी लगायत रहेका छन्। सेयर मुल्य घट्नेमा भने समृद्धि फाइनान्स, एभरेष्ट बैंकको प्रिफरेन्स सेयर लगायत रहको छ।