देशभर ३२२ कोरोना संक्रमित थपिए, ३७४ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ३ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १६३ सहित देशभर ३ सय २२ जना नयाँ संक्रमित थपिएका हुन्।

योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

सोही अवधिमा थप ३७४ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ हजार ८ सय ६१ जना सक्रिय संक्रमित छन्। २ सय २१ जना क्वारेन्टाइनमा छन्।

यस्तै थप ६ जना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ।

अन्य सम्बन्धित समाचार:  विदेशमा थप २ जना कोरोना संक्रमित नेपालीको मृत्यु

यसैबीच, सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ।