बिग ब्याश: होबर्टको जित, सन्दीप विकेटविहीन

एजेन्सी। अष्ट्रेलियामा जारी बिग ब्याश लिग (बीबीएल) मा होबार्ट हरिकन्सले सिड्नी थण्डरलाई ६ विकेटले पराजित गरेको छ। आज भएको खेलमा सन्दीप लामिछाने आबद्द होबर्टले सिड्नीले दिएको १ सय ७८ रनको लक्ष्य १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।

होबर्टको जितमा बेन म्याक्डर्मटले ९६ रनको शानदार इनिङ्स खेले। यस्तै डाविड मालनले ४२ रन जोड्दा पिटर ह्याण्ड्सकम्बले अविजित २१ रन बनाए।

बलिङतर्फ सिड्नीका तान्भिर साँघाले २ विकेट लिए।

सिड्नीको इनिङ्स

यसअघि पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो। सिड्नीका लागि साम विलिङ्सले ५० रन, एलेक्स हेल्सले २९ तथा उस्मान खवाजाले २७ रन बनाए। यस्तै कप्तान क्यालम फर्गुसनले २३ रन, डेनियल साम्सले अविजित १६ रन तथा बेन कटिङले अविजित १५ रन थपे।

अन्य सम्बन्धित समाचार:  विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

बलिङतर्फ होबर्टका स्कट बोलण्डले ४ विकेट लिए।

सन्दीप विकेटविहीन

आजको खेलमा सन्दीप लामिछानेले कुनै विकेट लिन सकेनन्। ४ ओभर बलिङ गरेका सन्दीपले २८ रन खर्चिए। उनको इकाेनाेमी ७ रह्यो।

जितसंगै होबार्टले ११ खेलमा २३ अंक जोड्दै चौथो स्थानमा पुगेको छ भने २३ अंक नै जोडेको सिड्नी नेट रन रेटका आधारमा दोस्रो स्थानमा रहेको छ। सिड्नी सिक्सर्स ११ खेलमा ८ खेल जित्दै तालिकाको शीर्ष स्थानमा रहेको छ।