काठमाडाैं। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाएका छन्। काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आक्षेप पनि लगाए।
प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालतसमेत परीक्षाको घडीमा रहेको उनकाे जीकिर थियाे। कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान बचाउने आन्दोलनको नेतृत्व लिन नेपाली कांग्रेसलाई आह्वान समेत गरे।