पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते हुने

काठमाडौं। नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आउँदो फागुन ४ र ५ गते काठमाडौंमा हुने भएको छ। शनिबार र आइतबार सिन्धुपाल्चोकको हेलम्बुमा बसेको महासंघको केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले महाधिवेशनको मिति तय गरेको हो।

महासंघले आउँदो माघ २० गतेसम्म सबै शाखाहरुको साधारणसभा र माघ ३० सम्म प्रदेशको साधारण सभा सम्पन्न गरिसक्ने निर्णय पनि गरेको महासचिव रमेश विष्टले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  स्कूल बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु