जनकपुरमा अर्का युवक पनि पेस्तोल सहित समातिए


बटुकनाथ झा, धनुषा।
 धनुषा प्रहरीले जनकपुरधामबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ स्थित ५२ बिगाहा जाने बाटोबाट लक्ष्मीनियाँ गाउँपालिका वडा १ बस्ने वर्ष २५ का विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। 

प्रहरीले यादवको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई वटा गोली बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए।

हतियार ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए। 

पक्राउ परेका यादव माथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने जनाउँदै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

सम्वन्धित समाचार

जनकपुरका एक युवक पेस्तोलसहित पक्राउ
अन्य सम्बन्धित समाचार:  बाल विवाह गरेको भन्दै बेहुला र उनका बुवा पक्राउ