सामाजिक सञ्जालमा महिलालाई अश्लील भिडियो पठाएको आरोपमा पक्राउ

सामूहिक

काठमाडौं। सामाजिक सञ्जालमा महिलालाई याैन उत्पीडन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

ती महिलालाई अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको आरोपमा सल्यान कुमख गाउँपालिका-४ सरोडाँडा बस्ने रमेश शाही भन्ने ३६ वर्षीय रवि शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सामाजिक

शाहीले यौन उत्पीडन तथा हैरानी दिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसूर गरेको खुलेपश्चात जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्युरोले जनाएको छ।