पार्टीको विरोध प्रदर्शनमा घरघरबाट सहभागी बन्न देउवाको आग्रह

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीको वडास्तरीय प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेसले भोलि माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी भएर ऐक्यवद्धता प्रकट गर्न अपिल गरेका हुन्।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर काँग्रेसले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको छ।

‘अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध काँग्रेसमा एकमत भएको देउवाको भनाइ छ।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी