देशभर थपिए ३१८ कोरोना संक्रमित, ३८३ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १२ जनाको पिसिआर परीक्षण गर्दा देशभर ३१८ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ६८ हजार ३ सय १० पुगेको छ।

सोही अवधीमा ३८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ६२ हजार ६ सय ४२ पुगेको छ।

अहिले सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ छ। यस्तै १७२ जना क्वारेन्टिनमा छन् भने ३ हजार ६९३ जना आइसोलेसनमा छन्। कोरोनाका गम्भीर १६५ जना आइसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  कोभिड–१९ को दीर्घकालीन प्रभाव स्वास्थ्य अधिकारीको ‘प्रष्ट प्राथमिकता’मा पर्नुपर्छ: डब्लुएचओ

यस्तै, थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ।