काठमाडाैं। नेप्से परिसुचक बुधबार १५. ८७ अङ्कले बढेर २३४२. ७६ को बिन्दुमा पुगेको छ। नेप्से परिसुचक १५ अङ्कले बढ्दा आज सबैभन्दा बढि कारोबार भने नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको सेयरको भएको छ। आज धितोपत्र बजारमा कम्पनीको ६१ करोड ४० लाख ८९ हजार ५०६ रुपैयाँ बराबरको कारोबार भएको हो।
आज प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ, नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ३६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको २५ करोड १९ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको १८ करोड २८ लाख रुपैयाँ, नेपाल टेलिकमको १५ करोड ६९ लाख रुपैयाँकाे काराेबार भयाे।
यसैगरि युनाइटेड इन्स्योरेन्सको १३ करोड ८० लाख रुपैयाँ, अपर तामाकोसी हाइड्रोको १२ करोड ७२ लाख रुपैयाँ, कुमारी बैंकको १० करोड ६९ लाख रुपैयाँ र माछापुछ्रे बैंकको १० करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।