गुगल सेल्फ ड्राइभिङ्ग कारका इन्जिनियर लेभान्डोस्कीको जेल सजाय माफ

गुगल

एजेन्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक पूर्व गुगल ईन्जिनियरलाई पूर्ण क्षमा दिएको बताएका छन्। ती ईन्जिनियरले उबर टेक्नोलोजी इंकको प्रतिद्वन्द्वी इकाईमा छोटो समय अगाडि नेतृत्व गर्नु केही महिना अघि स्वचालित ड्राइभिङ्ग कारहरूको गोप्य जानकारी चोरीको लागि सजाय पाएका थिए।

४० वर्षीय एन्थोनी लेभान्डोस्कीलाई गत मार्चमा दोषी सावित गरेपछि अगस्टमा १८ महिना जेल सजाय सुनाइएको थियो। ऊनी हिरासतमा नभए पनि एक न्यायाधीशलेको कोभिड महामारी कम भएमा उनी जेल जानसक्ने बताएका थिए।

ह्वाइट हाउसले लेभान्डोस्कीले ‘आफ्नो कार्यको लागि महत्वपूर्ण मूल्य चुकाएका  र उनले जनताको भलाइको लागि आफ्नो सीपलाई समर्पित गर्ने योजना बनाएका बताएको छ।

अन्य सम्बन्धित समाचार:  सिरियामा अमेरिकाको हवाई आक्रमण, कम्तिमा १७ को मृत्यु

अल्फाबेट इंकको ‘वेमो’, गुगलबाट स्वतन्त्र ड्राइभिङ्ग टेक्नोलोजी युनिटले  यसअघि लेभान्डोस्कीको अपराधलाई ‘विश्वासघात’ र उनको सजायलाई ‘व्यापार गोप्य कानुनहरूको लागि एक जीत’ को रूपमा वर्णन गरेको थियो ।

यस माफी र क्षमालाई ट्रम्प समर्थित पिटर थायल र ब्लेक मास्टर तथा उद्यमी पाल्मर लुस्कीजस्ता प्रविधि उद्योगका धेरै नेताहरूले समर्थन गरेका थिए।

लेभान्डोस्कीले  पद हस्तान्तरण गर्नुभन्दा पहिले र उबरसँग नयाँ भूमिकाको बारेमा कुराकानी गर्दा १४ हजार भन्दा बढी गुगल फाइलहरू जसमा विकास अनुसूचीहरू र उत्पादन डिजाइनहरू सहित आफ्नो व्यक्तिगत ल्यापटपमा ट्रान्सफर गरेका थिए।