आईपीएलः‍ दिल्लीले सन्दीपलाई रिलिज गर्ने

काठमाडौं। आईपीएलको टिम दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई रिलिज गर्ने भएको छ। क्रिकइन्फोका अनुसार सन्दीपलाई दिल्लीले रिलिज गर्ने निर्णय गरेको हाे।

दिल्लीले सन्दीपसँगै जेसन रोय र मोहित शर्मालाई रिलिज गर्ने निर्णय गरेको क्रिकइन्फोले जनाएको छ। आईपीएलले फ्रेन्चाइज टिमलाई खेलाडी रिलिज र रिटेनको मिति आज बुधबारसम्मको दिएको छ। यूएईमा सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको थियो।

सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो। त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो।

सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए। यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए।

अन्य सम्बन्धित समाचार:  म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

आईपीएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएको थियो।