काठमाडाैं। नेपालमा कोभिड १९ विरुद्धको खोप छिटो-छरितो र सहज रुपमा भित्राउन शीघ्र भन्सार जाँचपास प्रक्रिया अपनाइने भएको छ। भन्सार विभागले कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपासका लागि मुख्य भन्सार विन्दुहरु विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउने जनाएको छ।
त्यसका लागि विभागमा तत्काल समस्या समाधान कार्यदल रहनेछ। विभागका महानिर्देशक सुमन दाहालका अनुसार खोप पैठारीअघि नै कागजातहरु उपलब्ध भए खडा भएको एकाइमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाइनेछ।