पहिलो एक दिवसीय: बंगलादेशद्वारा वेस्ट इन्डिज ६ विकेटले पराजित

बंगलादेश

एजेन्सी। बंगलादेशले वेस्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा जित निकालेको छ। ढाकामा बुधबार भएको खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गरेको हो।

वेस्ट इन्डिजले दिएको १ सय २३ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। बंगलादेशको लागि कप्तान तमिम इकबालले सर्वाधिक ४४ रन बनाए। शकिब अल हसन र मुसफिकर रहिमले समान १९-१९ रन जोडे । लिटन दासले १४ रन बनाए।

बलिङतर्फ वेस्ट इन्डिजका अकिल होसेनले ३ विकेट लिए।

यसअघि वेस्ट इन्डिजले ३२ ओभर २ बलमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो। वेस्ट इन्डिजका केली मेयर्सले ४०. रोभम्यान पावेलले २८ र कप्तान जासन मोहमदले १७ रन बनाए।

अन्य सम्बन्धित समाचार:  म्यान्चेस्टर युनाइटेड युरोपा लिगको अन्तिम १६ मा

बलिङतर्फ शाकिब अल हसनले ४, हसन ममुदले ३ तथा मुस्ताफिजुर रहमानले २ विकेट लिए।