पाल्पामा बन्दुक पड्किँदा एक जनाको ज्यान गयाे

पाल्पा। पाल्पामा भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गएको छ। बुधबार बिहान भान्साकोठामा राखेको बन्दुक पड्किँदा पूर्वखोला गाउँपालिका २ साठीखोलाका ३८ वर्षीय वीरबहादुर सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। एक्कासी ठूलो आवाज आएपछि हेर्न जाँदा नरबहादुरको ज्यान गइसकेको अवस्थामा भेटिएको मृतकका दाजु नरबहादुर सारुले जानकारी दिए।

मृतक वीरबहादुरले एकनाले भरुवा बन्दुक ल्याएर आफ्नै घरको भान्सा कोठामा राखेको बुझिएको प्रहरीले जनाएको छ। बन्दुक नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।