एजेन्सी। अमेरिकाको मायामीमा रहेको इण्डियन क्रीक भिलेज नामको सानाे टापूलाई बिलेनियर बङ्करका नामले पनि चिनिन्छ।
उक्त टापूमा रहेको समुदाय विश्वकै सबैभन्दा धनी तथा सुरक्षित समुदाय मानिन्छ। अमेरिकी पूर्व राष्ट्रपति डाेनल्ड ट्रम्पको कार्यकाल सकिएपछि व्हाइट हाउसबाट निस्किएपछि स्थायी रुपमा बसाेबास गर्न ट्रम्पका छाेरी-ज्वाईँले यस टापूमा घडेरी किनेका छन्।
कस्ता व्यक्तिहरु बस्छन्?
इण्डियन क्रीक भिलेज मायामीको बिस्कायने बे मा रहेको ४२ जना बस्ने सानाे टापू हो। विश्वकै अति धनाढ्यहरु बस्ने भएकाले यसलाई बिलेनियर बङ्कर भन्ने उपनाम दिइएको हो। त्यहाँ बस्ने धनाढ्यहरुमा अर्बपति लगानीकर्ता कार्ल इकाहन, सुपरमोडल एड्रियाना लिमा तथा स्पेनी गायक जुलियाे इग्लेसियासलगायत छन्।
यस बाहेक उच्च घरानाका लगानीकर्ताहरु, रुसी अर्बपतिहरु, पेशेवर खेल प्रशिक्षकहरु, माेडल, गायक गायिका तथा अमेरिकी सिनेटरहरुसम्मले यसलाई आफ्नाे बसाेबास स्थल बनाएका छन्।

उक्त टापूमा केही अर्बपतिहरु पनि थपिने भएका छन्। ती हुन् अमेरिकी राष्ट्रपति डाेनल्ड ट्रम्पकी छाेरी इभाङ्का ट्रम्प तथा उनका पति ज्यारेड कुश्नर। एक स्रोतका अनुसार इभाङ्का दम्पतीले उक्त ठाउँमा बसाेबासका लागि जुलियो इग्लेसियासले बिक्रीमा राखेको सम्पत्ति ३ करोड डलरमा किनेका हुन्।
टापूमै गल्फ कोर्स
टापूमा भएका कारण यहाँका ३४ अर्बपतिहरुको व्यक्तिगत रुपमै समुद्रमा जाने बाटाे खुला छ। यो बस्तीको बीचमा १८ होलको गल्फ कोर्स तथा एउटा कण्ट्री क्लब पनि रहेको छ। टप १०० गल्फ कोर्सेज नामक वेबसाइटका अनुसार यहाँको गल्फ कोर्स फ्लोरिडाकै सबैभन्दा उच्च कोटीको रहेको छ।

बसाेबासका लागि बनेका घरहरु टापूको छेउमा बनेकाले बीचमा एउटा उच्च कोटीको गल्फ कोर्स रहन सम्भव भएको हो। यहाँ गल्फ खेल्नका लागि यहाँ भित्रकै काेही सदस्यसँग मित्रता हुनु आवश्यक छ किनकि सुरक्षाका दृष्टिकोणले कुनै अपरिचित व्यक्तिले यहाँ प्रवेश पाउँदैन।
टापूका लागि एउटा प्रहरी चाैकी
यहाँको सुरक्षाका लागि इण्डियन क्रीक प्रहरी विभागले टापू प्रवेश गर्ने एकमात्र प्रवेशद्वारको रखवारी गर्ने गर्दछ। सुरक्षा टाेलीले समुद्रबाट पनि उक्त टापूमा गस्ती गर्ने गर्दछ।इण्डियन क्रीक प्रहरीको टाेली जम्मा १३ जनाको छ।

प्रवेशद्वारबाट छिरेपछि एउटा पुलबाट कारको सहायताले टापूमा पुग्न सकिन्छ। पुल र समुद्रमा पनि प्रहरीले गस्ती लगाइरहेको हुन्छ।

कस्ता छन् यहाँका घर-घडेरी?
क्रीक भिलेजमा रहेका घर जग्गा सामान्यतया बिक्रीका लागि हुँदैनन्। विश्वकै अर्बपतिहरुको बसोबास रहेकाले किनबेच कमै मात्र चल्दछ। यस टापूमा पाहुनाका रुपमा छिर्न पनि गाह्रो छ। पाहुनाका रुपमा गएको व्यक्तिलाई टापू भित्र अनावश्यक फोटो तथा भिडयो खिच्न पनि निषेध गरिएको छ।
अहिले इभाङ्का दम्पतीले किनेको घर जग्गा जुलियो इग्लेसियासले बिक्रीमा राखेकाले मात्र उपलब्ध भएको हो। यहाँ कहिलेकाहीँ मात्र एकाध सम्पत्ति किनबेच हुने गर्छन्। मायामीको क्रीक भिलेजको कीर्तिमानी किनबेच भने गएको फेब्रुअरी महिनामा बसाेबासका लागि एउटा घर र सँगै जोडिएको जग्गा थियो जुन ५ करोड डलरमा किनबेच भएको थियो।

यसअघि यस टापूमा भएको कीर्तिमानी किनबेच सन २०१२ मा ४ करोड ७० लाख डलरमा भएको थियो र यो एउटा शिशाको महल ग्लास (म्यान्सन)को लागि तिरिएको थियो।
एउटै मात्र सडक
टापूभित्र एउटा सडक छ जसको नाम हाे इण्डियन क्रीक आइल्याण्ड रोड। यस सडककाे एकातिर टापूका महलहरु छन् भने अर्कातिर १८ होलको गल्फ कोर्स। यसै सडकमा सुरक्षा प्रहरीको गस्ती टाेली छिनछिनमा आउजाउ गरिरहन्छ।

मायामी लक्जरी होम्सका संस्थापक माइकल लाइटले आफ्नाे वेबसाइटमा लेखेका छन्, ‘३ सय एकडमा फैलिएको इण्डियन क्रीक भिलेज बिस्काइने बे को सुन्दर ठाउँमा अवस्थित छ र यो मायामी तथा विश्वमै सबैभन्दा धनी तथा सर्वाधिक सुरक्षित समुदायकाे रुपले परिचित छ।’