पीएम कप: एपीएफद्वारा गण्डकी प्रदेश ६ विकेटले पराजित

काठमाडौं। पीएम कप अन्तर्गत एपीएफ क्लबले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गरेको छ।

प्रधानमन्त्री कप (पीएम कप) एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफकाे याे  लगातार दोस्रो जित हाे। मूलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १ सय ७ रनको लक्ष्य एपीएफले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो। पीएफको जितमा आसिफ शेखले ७८, सुमित महर्जनले १८ तथा शरद भेषावकर अविजित ५ रन ।

बलिङतर्फ गण्डकीका चन्द्र पौडेल र विशाल पौडेलले समान २-२ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो।

गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६,विष्णु पाण्डे र दिपेश खत्रीले समान १५-१५ तथा दिनेश बुढामगरले १२ रन बनाए। बलिङतर्फ एपीएफका कमल ऐरीले ४ तथा अविनास बोहोरा र शरद भेषावकरले समान २-२ विकेट लिए।

अन्य सम्बन्धित समाचार:  लाजियोमाथि वायर्न म्युनिकको जित

जितसँगै समूह ‘ए’ को एपीएफले २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। गण्डकी ४ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ।