कञ्चनपुर। केपी ओेली राजनीतिबाट भागेको नेता भीम रावलको आरोप रहेको छ। नेकपा ( प्रचण्ड-नेपाल ) समूहको कञ्चनपुर जिल्लाको बिस्तारित बैठक तथा अगुवा कार्यकर्ता भेलालाई महेन्द्रनगरमा सम्बोधन गर्दै उनले भने, “प्रतिनिधिसभा भंग गरेर ओेली भागेका छन्। राज्यको कानून अनुसार याे विघटन हुन सक्दैन। यसलाई ब्युँताएर छोड्ने हाम्रो प्रयास रहनेछ,” नेता रावलले बताए।
उनले भने,” के केपी ओेलीलाई भाेलि देखि नै हुकुमी शासन चलाउन मन लाग्यो भन्दैमा त्यसो गर्न सक्नुहुन्छ?” हामी कुनैपनि हालतमा मुलुकमा ओेलीको हुकुमी शासनको सुरुवात हुन दिदैनौँ ,” रावलले बताए।
उनले प्रश्न गरे, “कस्तो कम्युनिष्ट पार्टीका अध्यक्ष हुन् केपी ओेली? जाे आफ्नै घरमा आगाे लगाएर खरानी घस्ने इच्छा बाेकेर हिँडेका छन्।” अदालतमा विचाराधीन मुद्दा संविधान विपरीत भंग गरियो भने त्यसले विद्राेह निम्ताँउछ,” रावलले बताए।
नेता रावलले केपी ओेलीले सुदुरपश्चिमकाेलागि माखाे समेत नमारेकाे आराेप लगाँउदै सुदुरलाई उनले जहिले पनि हेप्ने गरेकाे समेत उल्लेख गरे।