थप ३३६ जनामा कोरोना संक्रमण पुष्टि, २२६ डिस्चार्ज

संक्रमित

काठमाडौं। नेपालमा थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३० जनाको नमूना परिक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ९८ सहित देशभर ३ सय ३६ संक्रमित थपिएका हुन्। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ।

यस्तै २२६ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८६८ पुगेको छ। मन्त्रालयको अनुसार निको हुनेको दर ९७.९ प्रतिशत छ।

हाल देशभर ३ हजार ७ सय ९९ सक्रिय संक्रमित रहेका छन् भने १ सय ७२ हजार क्वारेन्टाइनमा छन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न जाँदै

यसैगरी कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ।