नेप्से १.३६ प्रतिशले वृद्धि हुँदा बजारमा करिब ८ अर्बको कारोबार

काठमाडौं। बिहीबार सेयर बजार परिसूचक नेप्से  १ प्रतिशत भन्दा माथिले वृद्धि हुँदा २४०० अंकको विन्दु नजिक पुगेको छ। नेप्सेमा ३१.८७ प्रतिशत वृद्धि हुँदा २३७४.६४ अंकमा  पुगेर बन्द भएको छ। पछिल्लो समय हरेक कारोबार दिनमा ‘अल टाइम हाई’ को रेकर्ड राख्दै आएको नेप्सेले बिहीबार पनि नयाँ उचाइ बनाँउदा गानीकर्तामा उत्साह थपेकाे छ।

बिहीबार नेप्से १.३६ प्रतिशले वृद्धि हुँदा बजारमा करिब ८ अर्बको कारोबार भएको छ। आज नेप्सेमा ६९ हजार ३३३ वटा कारोबारमा २०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर कारोबार हुँदा ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार रुपैयाँको कारोबार भएको छ।

अन्य सम्बन्धित समाचार:  साताको अन्तिम दिन सेयर बजारमा गिरावट

बजारमा सबैभन्दा ठुलो हिस्सा रहेको बैंकिङ उपसूचक घट्दा पनि निर्जीवन बिमा र लघुवित्तको र हाइड्रोपावरको उपसूचकले नेप्सेलाई माथिलान सहयाेग गरेकाे हाे।

बैंकिङ समूहको उपसूचक ०.२२ अंक र म्युचुअल फन्डको उपसूचक ०.४३ प्रतिशतले ओरालो लागे पनि त्यसबाहेक सबै समहुको उपसूचकमा हरीयाली देखिएको छ।

निर्जीवन बिमाको उपसूचक सर्वाधिक ४.९६ प्रतिशतले वृद्धि हुँदा लघुवित्तको सूचक ४ प्रतिशतले बढेको छ। यस्तै हाइड्रोपावरको सूचक पनि ३.७७ प्रतिशत वित्त कम्पनी समूहको सूचक २.८४ र जीवन बिमा समूहको सूचक २.७१ प्रतिशतले वृद्धि भएको छ।

नेपाल लाइफ ईन्स्याेरेन्स कम्पनीको ५३ करोड ३३ लाख १२ हजारको कारोबार हुँदा नेको इन्स्योरेन्सको २६ करोड ६४ लाख ४८ हजार र नेपाल पुनर्बिमा कम्पनीको २२ करोड ९९ लाख ४७ हजारको कारोबार भएको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन

२२ कम्पनीको सेयर मुल्यमा बिहीबार सकारात्मक सर्किट लागेको छ। प्रभु लाइफ सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र चुक्ता पुँजी कम रहेको लघुवित्त, र क्षेत्रीय स्तरका विकास बैंक, वित्त कम्पनी र केही हाइड्रोपावर  रहेको छन्। जसमध्ये १० वटा लघुवित्त रहेका छन्। लगातार सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्य बिहीबार भने ६.७० प्रतिशले घटेको छ।