शान्तिका लागि प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्छ: पहाडी

शान्ति

काठमाडाैं। मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा शान्ति र अमनचयनका लागि भए पनि प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका छन्।

कैलालीमा बिहीबार भएको कार्यक्रममा मानव अधिकारवादी पहाडीले प्रतिनिधि सभा विघटनले देश अशान्ति र गृहयुद्धमा धकेलिएको विचार राखे। ‘राष्ट्र र राष्ट्रियता जोगाउन पनि पुनर्स्थापनाको पक्षमा लाग्न जरुरी छ’, उनले भने।

समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले नागरिकमा झन् शङ्का उत्पन्न गरेको विचार व्यक्त गरे।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको आकस्मिक संसदीय दलको बैठक बस्दै