आइएमई डिजिटल सोलुसनकाे थालनी

काठमाडाैं। ‘आइएमई पे’ एप नयाँ सुविधासहित अद्यावधिक गरिएको जनाईएकाे छ। यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नसक्ने कम्पनीले जनाएकाे छ। 

आफ्ना कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम्  कसरी भरपर्दाे बनाउने भन्ने विषयमा लामो समय काम गरेपछि आजको अवस्थामा आइपुग्न सकेको कम्पनीले जनाएकाे छ। 

कम्पनीले अद्यावधिक ‘आइएमई पे वालेट एप’ इन्टर फेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको बताँउदै सेवाग्राहीहरूको सहज डिजिटल सेवाका लागि प्रस्तुत गरेको बताएकाे छ।

एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइ सहित थप सेवा सुविधाहरु राख्नुकाे साथै चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य उद्देश्यहरुलाई  नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ। 

आम उपभोक्ताहरू पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको जनाँउदै कम्पनीले डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवर्द्धन गर्न प्रतिवद्ध रहने उल्लेख गरेकाे छ।

कम्पनीले बैङ्किङ पहुँचभन्दा बाहिर रहेको जनसङ्ख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मुख्य उद्देश्य रहेकाे बताँउदै ठूलो जनसंख्या बैङ्किङ पहुँचभन्दा बाहिर रहन वाध्य रहेकाे अवस्थामा  उनीहरुलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा  समेत अघि सारेको जनाएकाे छ। 

 

अन्य सम्बन्धित समाचार:  प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन