साम्बाको ह्याट्रिक: एपीएफको विजयी सुरुवात

साम्बा

काठमाडाैं। सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिकमा एपीएफले महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ। सातदोबाटोमा रहेको एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० ले पराजित गर्‍यो।

एपीएफको जितमा भण्डारीले तीन तथा अञ्जली योन्जन, अनिता बस्नेत र प्रिती राईले समान एक–एक गोल गरे। खेलकाे १४ औँ मिनेटमा पहिलाे गाेल गरेकी सावित्राले ६३ औँ र ७३ औँ मिनेटमा थप गाेल गर्दै ह्याट्रिक पूरा गरेकी हुन्।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ मेयर कप क्रिकेट: एपीएफ क्लब एक विकेटले विजयी